दस बर्ष देखि अस्ट्रेलियामा बस्दै आएका सन्नी चलचित्र क्षेत्रमा प्रवेश


सेलिब्रेटी नेपाल काठमाडौँ

कलाकारिताको मोह भनेको यस्तो मोह हो जुन मोहले जहाँ पुगे पनि छोड्दैन। नेपाल रहंदा मात्र होइन परदेशमा रहंदा पनि कलाकारिताको मोहले समायर विदेशमा बस्ने निकै युवा युवतीहरु नेपाली चलचित्र तथा सांगीतिक क्षेत्रमा प्रवेश गर्ने गरेका छन् । झापा जिल्लामा जन्मेर आफ्नो कामको शिलशिलामा बिगत दस बर्ष देखि अस्ट्रेलियामा बस्दै आएका सन्नी ढकाल चलचित्र ‘सुनकेसरी’ मार्फत नेपाली रजत पटमा पाइला चाल्दैछन् । सिड्नीमा रहेको कंडेल कन्सल्टेन्सीका संचालक ढकाल सानै देखि नेपाली चलचित्रहरु थुप्रै हेर्ने गर्दथे अब चाहिं उनि कलाकारितालाई ब्यबसायिक रुपमा अघाडी बनाउने योजनमा रहेका छन् । मार्चमा नेपाल आएर नयाँ प्रोजेक्टको थालनी गर्ने पनि उनले जानकारी गराए । कलाकारितामा लाग्न रहरले मात्र नहुने उनको बुझाई रहेको छ । रहर संगै आफुमा रहेको क्षमता विकास पनि गर्नु पर्ने उनको धारणा रहेको छ । भबिस्यमा एक सफल कलाकारको रुपमा आफु लाइ स्थापित गराउन लागि पर्ने उनको योजना रहेको छ।

Copyright © 2012 - 2026 | All Right Reserved.