प्रशान्तले गरे सामुयल डाइरेक्टको शो रुम उद्घाटन


सेलिब्रेटी नेपाल काठमाडौँ

अभिनेता प्रशान्त ताम्राकारले शनिबार नयाँ बजार, खुशिबुस्थित सामुयल डाइरेक्टको शो रुम उद्घाटन गरेका छन् । ब्याबसायिक सज्जा थापा र सुनील प्रधानको संयुक्त लगानीमा खुलेको उक्त शो रुममा बेलायतको चर्चित ब्राण्ड सामुयल डाइरेक्टका मेमोरी फोमयुक्त म्याट्रेस, पिलो, बेड कभरलगायतका उत्पादनहरु पाइन्छ ।

शो रुम उद्घाटनमा खलअभिनेता प्रशान्तलाई अभिनेत्री,निर्मात्री सुस्मिता बमजन, अभिनेत्रीहरु क्षितिजा शाक्य,हर्षिका श्रेष्ठ, कमली वाइवालगायतले साथ दिएका थिए । लामो समयको बेलायत बसाइमा मेमोरी फर्म र सामुयल डाइरेक्ट ब्रान्डबारे प्रचुर ज्ञान हासिल गरि नेपालमा पहिलोपटक उक्त ब्राण्डका उत्पादनको बिक्री सुरु गरेको जानकारी सज्जाले दिइन् । बजारमा पाइने मेमोरी फर्मका उत्पादनभन्दा आफूहरुले निकै कम रेटमा ब्राण्डेड सामाग्री उपलब्ध गराउने दावी उनको छ ।

खलअभिनेता प्रशान्तले सामुयल डाइरेक्टका प्रोडक्टहरु नेपाली बजारमा लोकप्रिय हुने बिश्वास ब्यक्त गर्दै आफू पनि यस ब्राण्डप्रति आकर्षित भएको बताए । अभिनेत्री सुस्मिता बम्जनले नेपालका लागि नयाँ भए पनि सामुयल डाइरेक्ट ब्रान्डका होम एप्लाएन्स युरोपीयन बजारमा निकै चर्चित रहेको बताइन् । ब्याबसायिक सज्जाले बिस्तारै देशका अन्य शहरमा पनि शो रुम बिस्तार गर्ने योजना रहेको सुनाइन् ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.