भ्यालेन्टाइन डेको पूर्व सन्ध्यामा बिहिबारदेखि ‘म रोज’


सेलिब्रेटी नेपाल काठमाडौँ

भ्यालेन्टाइन डे अर्थात प्रेम दिवसको पूर्व सन्ध्या पारेर भोलि बिहिबारदेखि काठमाडौंमा एउटा प्रेम कथाले भरिपूर्ण नाटक मञ्चन हुने भएको छ । ‘म रोज’ शीर्षकको उक्त नाटक बत्तिसपुतलीस्थित शिल्पी थिएटरमा मञ्चन हुन लागेको हो । उक्त नाटक अमेजन इन्टरटेन्मेन्टले प्रस्तुत गर्न लागेको हो ।

कमल खतिवडाको लेखन तथा निर्देश्ँनको उक्त नाटकमा मोडल तथा अभिनेता दिक्पाल कार्की, मोडल तथा कोरियोग्राफर हिमानी सुब्बा, मन्जु श्रेष्ठ, केशव सापकोटा, गौरा राई, पवित्रा खड्का, खेमानन्द जैसी, ज्ञानिता नेम्वाङ, अभिषेक बोहोरा, करुणा श्रेष्ठ, विष्णु खड्का आदि कलाकारले अभिनय गर्नेछन् । नाटकमा अभिनय गर्नका लागि यी कलाकारहरु पछिल्लो दुई साताभन्दा लामो समयदेखि कार्यशालामा व्यस्त भएका थिए ।

बियोगन्त प्रेम कथामा आधारित उक्त नाटक बिहिबार देखि शनिवार सम्म सांझ ४ बजेदेखि मञ्चन हुने निर्देशक कमल खतिवडाले बताएका छन् ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.