श्वेता श्री फाउण्डेशनको ‘कान्छी म्युजिकल नाइट तथा रेड कार्पेट’सम्पन्न


सेलिब्रेटी नेपाल काठमाडौँ

श्वेता श्री फाउण्डेशनले आयोजना गरेको ‘कान्छी म्युजिकल नाइट तथा रेड कार्पेट’सम्पन्न भएको छ सिन्धुपाल्चोक जिल्लाको भ्याडीटोलमा निर्माणाधीन माझी बस्ती निर्माणमा सहयोग जुटाउन स्वर्गीय नायक श्रीकृष्ण श्रेष्ठको स्मृतिमा स्थापित ‘श्वेता श्री’ फाउण्डेशनले कार्यक्रमको आयोजना गरेको हो मंगलबार साँझ दरबारमार्गको होटल अन्नपूर्णमा आयोजित उक्त साँझमा चलचित्रकर्मी, श्वेता श्री फाण्डेशनका सदस्यहरु, चलचित्र ‘कान्छी’ टिम र चलचित्र पत्रकार गरि करिब ३ सय पाहुना उपस्थित थिए ।

कार्यक्रममा हास्यकलाकार बसुन्धरा भूषाल र रक्षा नेपालकी प्रमुख सामाजिक अभियान्ता मेनुका थापालाई विशेष सम्मान गरियो । चलचित्र सम्पादक भूपेन्द्र अधिकारी र माझी बस्ती निर्माणमा सक्रिय रुपमा लागि परेका यज्ञराज कार्कीलाई प्रोत्साहन पुरस्कार दिइयो ।
सोहि कार्यक्रममा चलचित्र ‘कान्छी’ मा समाबेश ‘चरी चट्ट परि’ बोलको गीतले एक करोड बढी भ्युज पाएपछि गायक तथा संगीतकार राजनराज सिवाकोटीलाई बाइक उपहार दिइयो ।

‘कान्छी म्युजिकल नाइट तथा रेड कार्पेट’ मा नायिका अशिष्मा नकर्मी, जेविका कार्की, नायक विनोद न्यौपाने, नायक तथा निर्देशक आकाश अधिकारी, नायिका मरिस्का पोखरेलले आकर्षक नृत्य प्रस्तुत गरेका थिए ।

Copyright © 2012 - 2026 | All Right Reserved.