मौनताले इजिप्टमा हुने ‘मिस इको इन्टरनेश्नल’ मा नेपालको प्रतिनिधित्व गर्ने


सेलिब्रेटी नेपाल काठमाडौँ

अन्तर्राष्ट्रिय सौन्दर्य प्रतियोगिता ‘मिस इको इन्टरनेशनल २०१८’ मा नेपालको प्रतिनिधित्व मौनता लामाले गर्ने भएकी छन् । मिस इकोका लागि आधिकारिक प्राप्तसंस्था ग्रिन आर्ट मिडियाले बिहिबार राजधानीको रोयल इम्पायल होटलमा एक कार्यक्रम गर्दै प्रतियोगीहरु सार्वजनिक गरेको हो ।

कार्यक्रममा मिडियाले लामालाई ‘मिस इको इन्टरनेशनल नेपाल २०१८’को क्राउन समेत लगाइदिएको छ । गत बर्षकी मिस इको इन्टरनेशनल बिजेता रोनाली अमात्यले उनलाई ताज लगाई दिएकी थिइन् । लाइन्स क्लब अफ काठमाडौंका पूर्वअध्यक्ष तथा रोयल इम्पायर होटल बालुवाटारका प्रमुख प्रकाससिं कार्की, कुटुम्ब ब्यण्डका सदस्य राजु महर्जन, गायक तथा र्यापर निर्णय श्रेष्ठ, मिस हेरिटेज नेपाल २०१६ की बिजेता तथा फेसन डिजाइनर मञ्जु बन्जारा ढकाल, मिस युनिभर्समा नेपालको पहिलो सहभागी नग्मा श्रेष्ठ लगायत प्रतियोगिताको जर्ज प्यानलमा रहेका थिए ।

१ देखि १५ अप्रिलसम्म इजिप्टमा आयोजना हुने ‘मिस इको इन्टरनेशनल २०१८’ लामाले ८० राष्ट्रका सुन्दरीहरुसँग प्रतिस्पर्धा गर्नेछिन् । लामा नेपालको चौथो सहभागी हुन् । यस अगाडि यो प्रतियोगिता प्रिन्सा श्रेष्ठ, नग्मा श्रेष्ठ र गतबर्ष रोनाली अमात्यले सहभागिता जनाएका थिए ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.