नेपाल आइडलका तिन आइडलहरुको प्रतिक्षित ‘गोरी भर्सेस गोर्खे’ सार्बजनिक (भिडियो)


सेलिब्रेटी नेपाल काठमाडौँ

संगीतकार टिका दाहालको संगीतमा नेपाल आइडलका टप टेनमा पुग्न सफल ३ प्रतिस्पर्धीको आवाजमा प्रतिक्षित बनेको गोरी भर्सेस गोर्खे भिडियो सार्बजनिक गरिएको छ । बुढासुब्बा डिजिटलको अफ़िसिएल च्यानल मार्फत भिडियो सार्बजनिक गरिएको छ । नेपाल आइडल प्रतियोगी सुरज थापा,सागर आले र राहुल बिस्वाशको स्वर रहेको गीतमा शब्द रमेश दाहालको रहेको छ।अस्ट्रेलियामा महँगो बजेटमा छायांकन गरिएको भिडियोमा अस्ट्रेलियन चर्चित गायिका ब्रिजेट प्रोसलाई फिचर गराईएको छ । भिडियोमा अजय तामाङ,सरोज थापा,शिब बस्नेत र नर्बदा थापाको अभिनय रहेको छ । उक्त भिडियो अस्ट्रेलियामा बनेका अन्य नेपाली म्युजिक भिडियोहरु भन्दा फरक लोकेसन र हाइ बजेटमा निर्माण गरिएको छ । भिडियोलाइ जीवन रसाइलीले निर्देशन गरेका छन् ।