व्यवसायी तथा गायक देवकोटाको निर्माणमा रिसानी माफ


सेलिब्रेटी नेपाल काठमाडौँ

व्यवसायी कलाकार तथा गायक राजकुमार देवकोटाले टिभि सिरियल निर्माण पनि थालनी गरेका छन् । गायन तथा व्यवसायीक क्षेत्रमा आफ्नो परिचय बनाएका देवकोटाले कान्तिपुर टेलिभिजनको चर्चित सिरियल ‘हर्के हल्दार’बाट अभिनयको थालनी गरेका थिए ।पछिल्लो समय उनी कान्तिपुर टेलिभिनको नयाँ सिरियल रिसानी माफमा पनि देखिन थालेका छन् । प्रत्येक मंगलबार साँझ ७ बजे देखी ८ बजेसम्म प्रसारण हुने टिभि सिरियल ‘रिसानी माफ’मा उनको अभिनयका साथै उक्त सिरियलका निमार्ता समेत हुन देवकोटा ।

सिरियलमा देवकोटा संगै कलाकारहरु सुरबिर पन्डित, रामचन्द्र अधिकारी, आशा खड्का,शोभा भण्डारी लगायत रहेका छन् । उक्त सिरियलको निर्देशन प्रकाश सुबेदीले गरिरहेका छन् भने कथा शैलेन्द्र सिम्खडाको रहेको छ । गायक तथा कलाकार देवकोटाका टोलटोलमा हल्ला चल्यो, कल्पनाकी मनकी रानी, माफ गर, आकाश हाम्रा पिता लगायतका गितहरु सार्बजनिक भई सकेका छन् ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.