सेलिब्रेटी नेपाल काठमाडौँ 

‘द विकल्प ब्यान्ड’को पहिलो प्रस्तुति रहेको ‘नशा’ गीतको म्युजिक भिडियो सार्वजनिक गरिएको  छ। शिवम लामाको शब्द रहेको उक्त गीतलाई  बुढासुब्बा डिजिटलको युट्युब च्यानल मार्फत सार्वजनिक गरिएको हो। माया र बिछोडका रङमा डुबेको उक्त भिडियोमा अभिनेत्री मरिस्का पोखरेल र मनोज तामाङलाई फिचरिङ गरिएको छ। जीवन शाहीले निर्देशन गरेको भिडियोलाई अर्जुन पोखरेलले सम्पादन गरेका हुन्।



							
							
							
							
							
							