इकुको फुर्के पहिलो अनुहार यस्तो छ


सेलिब्रेटी नेपाल काठमाडौँ

‘इकु’को नामले चर्चित हाँस्य कलाकार सुलेमान शंकरले निर्माण गरेको चलचित्र ‘फिर्के’ को फर्स्ट लुक सार्बजनिक गरिएको छ । बेइमान नामले परिचित रबि डंगोलको डेब्यु निर्देशन रहेको चलचित्रको १४ पुस रिलिज मिति सार्वजनिक गर्दै दुई पोस्टर समेत सार्वजनिक गरिएको हो ।
अर्पण थापा, सुलेमान शंकर, ऋचा शर्मा, क्रिष्टिना पौडेल, बिष्णु सापकोटा, अर्जुन गुरुङ्, उज्ज्वल भण्डारि लगायतका कलाकारहरुको अभिनय रहेको छ ।

यसअघि ‘ईकु’ र ‘ईकु २’ बनाएका शंकरले ‘फिर्के’ ईकु भन्दा फरक रहेको बताएका छन् । चलचित्रका निर्माता ओमलाल गुरुङ् र राजेश श्रेष्ठ हुन् । चलचित्रमा अभिमन्यू निरबीको लेखन रहेको छ ।
बिश्व नेपाली र सुवास भुषालको संगीत रहेको चलचित्रमा अष्ट महर्जनको द्वन्द्व निर्देशन मित्र डि. गुरुङको सम्पादन तथा रामकुमार केसीको छायांकन रहेको छ । चलचित्रलाई काठमाडौ उपत्यकामा गोपाल कायस्थ र मोफसलमा एफडि कम्पनीले वितरण गर्दैछ।