टिभिएस जुपिटर मिस टिन कलेजको अडिसन सुरु


सेलिब्रेटी नेपाल काठमाडौँ
‘टिभिएस जुपीटर मिस टिन कलेज सिजन ५ ’ को पहिलो अडिसन आज सिजन मिडियाको कार्यालय कमलादीमा सम्पन भएको छ । अडिसनबाट १५ जना प्रतियोगीहरु छनौट भएका छन् भने दोस्रो चरणको अडिसन आगामी १६ गते शनिवार गर्ने संस्थाका इभेन्ट म्यानेजर रेजिना तुलाधरले जानकारी दिइन् ।

अडिसनको निर्णायकमा चलचित्र निर्देशक जनकदिप पराजुली सिम्रिक एयरका सिनियर एयर होस्टेस अस्मीता खनाल र मिस टिन कलेज २०१५ का विजेता कुसुम थापा रहेका थिए ।
काठमाडौं लगायत विभिन्न जिल्लामा रहेका कलेजमा अध्ययरत १६ देखि २० वर्ष सम्मको युवतीहरुले यो प्रतियोगीतामा सहभागी हुन हुनेछन् भने दोस्रो अडिसनवाट पनि १५ जना छनौट गरि ३० जना सहभागीहरुलाई भदौ को १८ गते देखि तालिम सन्चालन गरिने आयोजकले जनाएको छ । उक्त प्रतियोगीता दशै तिहारको बीचमा सम्पन गरिने छ ।

प्रतियोगिताका विजेताले “मिस टिनकलेज २०१७” कोे ताज उपाधि सहित रु एकलाख ८५ हजार पर्ने टिभिएस स्कुटर र उच्च शिक्षामो छात्रावृत्तिका साथै अन्य गिफ्टहयाम्पर पाउने छन् । फस्ट रनर अप र सेकेण्ड रनर अपले भने लाभा मोवाइल तथा विभिन्न गिफ्टहयाम्परहरु तथा छात्रावृत्ति आदि प्राप्त गर्ने छन् । यस बाहेक अन्य विभिन्न २० विधामा पनि विजेता छनौट गरिनेछ ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.