इनासमा मह जोडीलाई लाइफटाईम एचिभमेन्ट अवार्ड


सेलिब्रेटी नेपाल काठमाडौँ
‘पाँचौ इनास अवार्ड २०७४’ काठमाडौँमा आयोजना गरिने भएको छ । बिभिन्न देशमा आयोजना हुँदै आएको यो अवार्ड यस बर्ष राजधानी काठमाडौमा हुन लागेको हो ।अन्तराष्ट्रिय नेपाली कलाकार समाज (इनास)ले एक बिज्ञाप्ती मार्फत २७ असोज (अर्थात १३ अक्टुबर) मा अवार्ड आयोजना हुने जानकारी दिएको छ ।अवार्डमा हाँस्य कलाकार मह अर्थात मदनकृष्ण श्रेष्ठ र हरिबंश आचार्यलाई ‘लाइफटाईम एचिभमेन्ट अवार्ड’ प्रदान गरिने छ ।

अवार्डमा संस्कृतिविद सत्यमोहन जोशी, राष्ट्रकवि माधवप्रसाद घिमिरे, चलचित्रकर्मी चेतन कार्की, गायक प्रेमध्वज प्रधान, नृत्यांगना विमला श्रेष्ठलाई ‘इनास विशिष्ट सम्मान’प्रदान गर्ने भएको छ । जीवन नै संस्कृति र कला–साहित्यमा ब्यतित गरेको योगदानको कदर गर्दै यो सम्मान दिन लागेको हो ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.