‘जात्रै जात्रा’ को टिजर सार्बजनिक देखीए दयाहांग पनि (भिडियो)


सेलिब्रेटी नेपाल

काठमाडौँ-ब्यबसायिक रुपमा सफल बनेको चलचित्र ‘जात्रा’ को सिक्वेल ‘जात्रै जात्रा’ को टिजर सार्बजनिक गरिएको छ । प्रदीप भट्टराईले निर्देशन गरेको चलचित्रको सार्बजनिक टिजरमा चलचित्रका प्रमुख तिन पात्र विपिन कार्की, रविन्द्र सिंह बानियाँ, रबिन्द्र झा संगै दयाहांग राइ देखिएका छन् । यस अघि दयाहांग लाइ सस्पेन्समा राखिएको थियो ।

चलचित्रमा विपिन कार्की, रविन्द्र सिंह बानियाँ, रबिन्द्र झा, बर्षा राउत, प्रकाश घिमिरे, सोहित मानन्धर,दयाहांग राई लगायतका कलाकारहरुको अभिनय रहेको छ । कलाकार रविन्द्र सिंह कार्यकारी निर्माता रहने चलचित्रमा सिंगे लामा र यादव पौडेल निर्माताको रुपमा रहनेछन् ।

षट्कोण पिक्चर्सको ब्यानरमा निर्माण भएको चलचित्रलाइ शिवराम श्रेष्ठले छायांकन गरेका छन् भने चलचित्रलाई मित्र डि.गुरुङले सम्पादन गर्नेछन् । ‘जात्रा’ जहाँ सकिएको थियो ‘जात्रै जात्रा’ त्यहीँबाट सुरु हुने बताईएको छ । महसञ्चारमा लामो समय सहायक निर्देशकको अनुभव सँगालेका प्रदिपले यसअघि ‘जात्रा’ र ‘शत्रु गते’निर्देशन गरिससकेका छन् । चलचित्र फागुन १७ गते बाट सार्बजनिक प्रदर्शनमा आउने छ ।