सिनेमा ‘लण्डन टु पेरिस’ को टिजर सार्वजनिक


काठमाडौँ। आगामी जेठ २५ गतेबाट प्रदर्शनमा आउने तयारीमा रहेको सिनेमा ‘लण्डन टु पेरिस’ को टिजर सार्वजनिक गरिएको छ। शुक्रबार सार्वजनिक टिजरमा प्रेम, रोमान्स, नोकझोंक र विछोडको कथा देखाइएको छ।

घनश्याम लामिछानेको निर्देशन रहेको योसिनेमामा साम्राज्ञी राज्यलक्ष्मी शाह, निश्चल खड्का, कवीर खड्का र गरिमा शर्मा मुख्य भूमिकामा छन्। निश्चल र गरिमाको यो डेब्यु सिनेमा हो।

सिनेमाको कथा, पटकथा र संवाद प्रदीप भारद्वाजले लेखेका हुन्। अमित बस्नेतले निर्माण गरेको सिनेमामा आरोन बस्नेत, एरियाना बस्नेत र परी राना निर्माता छन्।

एबी इन्टरनेश्नलको प्रस्तुति रहेको सिनेमामा गौतम प्रोडक्शन र अर्चिड भेस फिल्मस् लिमिटेडको निर्माण सहकार्य छ।

सनिश खकुरेल र अजित केआर थापा सह–निर्माता रहेको सिनेमामा अंकित गौतम, सुरज कुँवर र विजय भण्डारी कार्यकारी निर्माता छन्। रोहित कट्टेल र रत्न श्रेष्ठको आरआर फिल्मस्ले सिनेमालाई नेपालभर वितरण गर्नेछ।

सिनेमामा अभेद परव र कुनाल कदमको डिओपी, हर्कुलश बस्नेत, एसडी योगी, बियोण्ड र सलिन मगरको संगीत, सजु चन्द्रनको सम्पादन, सुजिल कर्माचार्यको पाश्र्व संगीत, लङ्गनेस फर्नान्डेजको कोरियोग्राफी छ।

Copyright © 2012 - 2026 | All Right Reserved.