प्रदीप र दिव्याको सिनेमा ‘एक्टर’ को छायांकन सुरु




काठमाडौं ।
सिनेमा ‘एक्टर’को छायांकन सुरु गरिएको छ । पोखराको बिन्धवासिनी मन्दिरमा पुजा गर्दै सिनेमाको छायांकन सुरु गरिएको
हो । सिनेमाको शुभसाइतमा अभिनेता प्रदिप खड्का र नव–नायिका दिव्या रायमाझी उपस्थित थिए ।

राजन भुसालको निर्देशनमा तयार हुन लागेको यो सिनेमामा प्रदिप खड्का, आना शर्मा, दिव्या रायमाझी, राजवल्लभ कोइराला, दिव्य देव, सुशील सिटौला लगायतका कलाकारहरुको अभिनय रहनेछ ।

यो सिनेमाको छायांकन पोखरामा १० दिन गरिनेछ । त्यस पछि काठमाडौंमा एक महिना छायांकन गरिने निर्माणपक्षले बताएको छ । थमन कुमार भण्डारी यो सिनेमाका निर्माता हुन् । अदृत फिल्मस् र मोती फिल्मस्को प्रस्तुतिमा तयार हुन लागेको यो सिनेमालाई नरेन्द्र मैनालीले छायांकन गर्नेछन् । सिनेमालाई आगामी कार्तिक १५ गते लक्ष्मीपूजाको दिन रिलिज गर्ने निर्माण पक्षको योजना रहेको छ ।