आकाशलाइ कुर्दै वर्षा (भिडियो)


सेलिब्रेटी नेपाल काठमाडौँ

गीतकार विजया गुरुङ्गको एल्वम ‘मोसन अफ लभ’ मा रहेको औला गन्दै छु म.. वोलको गीतको म्यूजिक भिडियो सार्वजनिक गरिएको छ । माया प्रेमका भावलाई गीत मार्फत प्रस्तुत गरेकी बिजया गुरुङ्गको शब्दमा गायक तथा संगीतकार बिनोद पछाईको संगीत र गायिका दिपा लामाको स्वर रहेको छ । भिडियोमा नायिका वर्षा राउत र आकाश श्रेष्ठको अभिनय रहेको छ ।

एल्वम ‘मोसन अफ लभ’ मा रहेका पाचवटा गीत मध्ये तिम्रा हजार गल्ती वोलको गीतको म्यूजिक भिडियो यस अघिनै सार्वजनिक भइसकेको छ । औला गन्दैछु गीत प्रेमिकाले आफुबाट टाढा रहेका प्रेमीलाई पर्खेर बसेको देखाइएको छ । भिडियोलाइ निकेश खड्काले निर्देशन गरेका हुन् भने बुद्द थापाले छायांकन र बिकाश धमलाले सम्पादन गरेका छन् ।