बलिउडका भिलेन अमरापुरको निधन


हिन्दी सिनेमा क्षेत्रका सफल अभिनेता सदाशिव अमरापुकरको आज बिहान ३:०० बजे निधन भएको छ। केहि दिन पहिले देखि उनि गम्भीर बिरामी भएर मुम्बई स्थित कोकिलाबेन धीरूबाई अंबानी अस्पतालमा भर्ना भएका थिए।
amrapurak-actor
१९९१ मा सडक फिल्म बाट बेस्ट भिलेन मा फिल्म फेयर एवार्ड पाएका थिए। अमरापुरकरले पछिल्लो पटक २०१२ मा आएको फिल्म ‘बाम्बे टाकीज’मा अभिनय गरेका थिए। अमरापुरकरले करीब २५० फिल्ममा काम गरेका थिए उनि अभिनित अर्ध सत्य, सडक, हुकुमत, आंखें, इश्कले बलिउडमा राम्रो व्यापार गरेका थिए। १९८४ को फिल्म अर्ध सत्य ले उनलाई सपोर्टिंग एक्टरमा फिल्म फेयर एवार्ड जिताएको थियो।