असोज १५ गते ‘राष्ट्रिय चलचित्र दिवस’ का रूपमा मनाइने


काठमाडौं । नेपाल सरकारले अबदेखि प्रत्येक वर्ष असोज १५ गतेलाई ‘राष्ट्रिय चलचित्र दिवस’का रूपमा मनाउने निर्णय गरेको छ। यो निर्णय असार १३ गते बसेको मन्त्रिपरिषद् बैठकबाट गरिएको हो।

नेपाल चलचित्र विकास बोर्डको २५औँ वार्षिकोत्सवको अवसरमा आयोजित विशेष समारोहमा उक्त निर्णय सार्वजनिक रूपमा घोषणा गरिएको हो।

यसअघि असोज १ गतेलाई चलचित्र दिवसका रूपमा मनाउने प्रस्ताव थियो। तर, चलचित्र विकास बोर्डको सिफारिसअनुसार अबदेखि असोज १५ लाई नै औपचारिक रूपमै राष्ट्रिय चलचित्र दिवसका रूपमा मनाइने भएको हो।

सरकारको यो कदमले नेपाली चलचित्र क्षेत्रको ऐतिहासिक मूल्य र सांस्कृतिक योगदानलाई संस्थागत रूपमा सम्मान गर्ने अपेक्षा गरिएको छ। साथै, यसबाट फिल्म क्षेत्रको विकास, प्रवर्द्धन र अन्तर्राष्ट्रियकरणमा समेत थप ऊर्जा मिल्ने विश्वास गरिएको छ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.