काठमाडौँ। चलचित्र विकास बोर्डले २५औँ वार्षिकोत्सवमा सर्वाधिक आम्दानी गर्ने २५ नेपाली चलचित्रलाइ सम्मान गरेको छ। मुकुन भुसाल र विजय बराल अभिनीत ‘पूर्णबहादुरको सारंगी’ सबैभन्दा धेरै कमाइ गर्ने फिल्म बन्यो, जसले ४६ करोड ८७ लाख आम्दानी गर्यो। सूचीमा कबड्डी ४ दोस्रो, १२ गाउँ तेस्रो, छक्का पन्जा ४ चौथो र जारी पाँचौ स्थानमा रहे।
निर्देशक सरोज पौडेल र निर्माता विनोद पौडेल, रमेश चौलागाईं सहितको टोलीले तयार गरेको सो फिल्मले ४६ करोड ८७ लाख ४१ हजार ४९७ रुपैयाँ आम्दानी गरेको सोमबार आयोजित कार्यक्रममा जानकारी दिइयो ।
त्यस्तै, दोस्रो स्थानमा बासुरी फिल्म्सको ‘कबड्डी ४’ रहेको छ । जसले २१ करोड ४० लाख ७५ हजार २१० रुपैयाँ कमायो। तेस्रोमा विराज भट्ट फिल्म्स प्रालिको ‘१२ गाउँ’ पर्दछ । उक्त फिल्मले १९ करोड ९२ लाख ७७ हजार ७६३ रुपैयाँ आम्दानी गरेको छ।
सूचीअनुसार चौथो स्थानमा ‘छक्का पन्जा ४’ छ जसले १७ करोड ५३ लाख २ हजार ६११ रुपैयाँ कमायो भने पाँचौं स्थानमा ‘जारी’ फिल्म छ जसले १७ करोड ४८ लाख १ हजार ४५९ रुपैयाँ व्यापार गरेको छ।
यसरी सार्वजनिक सूचीमा २५औं स्थानमा रहेको फिल्म ‘पशुपति प्रसाद २ भष्मे डन’ ले ७ करोड ३२ लाख २० हजार रुपैयाँ कमाएको छ।
२५ फिल्मको सूची
टुकी आर्ट्स प्रालिको– पशुपति प्रसाद २ : भष्मे डन (७ करोड ३२ लाख २० हजार व्यापार)
ब्ल्याक हर्स पिक्चर्स – कबड्डी (७ करोड ३४ लाख ९५ हजार २ सय ५० रुपैयाँ )
षटकोण आर्ट्स : महापुरुष (७ करोड ३५ लाख ७९ हजार ८ सय ८५ रुपैयाँ )
किङ्गडम नेटवर्क प्रालिः पुजार सार्की (७ करोड ३८ लाख २३ हजार १ सय ८७)
बासुरी फिल्म्स : कबड्डी कबड्डी कबड्डी (७ करोड ५९ लाख ५० हजार ६ सय ९२ रुपैयाँ)
आसुसेन फिल्म्स प्रालि : प्रेम गीत ३ ( ७ करोड ६३ लाख ४५ हजार ३ सय ९२)
आमा सरस्वती मुभिज : छक्का पन्जा ३ ( ७ करोड ८३ लाख ८ हजार रुपैयाँ )
नारायण इन्टरटेनमेन्ट : परदेशी २ ( ७ करोड ९२ लाख ३८ हजार २ सय ४० रुपैयाँ)
मुन लभ इन्टरनेटमेन्ट : अञ्जिला ( ८ करोड ८३ लाख ५९ हजार ८ सय ४५ रुपैयाँ )
सिनेमा आर्ट्स : दिमाग खराब (८ करोड ९८ लाख ६ हजार ९ सय ७ रुपैयाँ)
रोहित अधिकारि फिल्मस : छ माया छपक्कै (९ करोड ९२ लाख ८७ हजार १ सय ३९ रुपैयाँ)
केकी अधिकारी फिल्म्स : बोक्सीको घर (१० करोड १० लाख २० हजार ९ सय १७ रुपैयाँ )
सिनेमा आर्ट : कबड्डी कबड्डी ( १० करोड ३५ लाख ३२ हजार २० रुपैयाँ )
आर्टमांडू प्रालि ः ऊनको स्विटर (११ करोड ६ लाख ७६ हजार ६ सय २१ रुपैयाँ )
महसञ्चार : शत्रु गते (१२ करोड ६५ लाख ८२ हजार १ सय ३५ )
आमा सरस्वति मुभिज : छक्का पन्जा २ (१४ करोड ५१ लाख ५४ हजार २ सय ३० रुपैयाँ)
नेपा मुभिज प्रालि : कोहिनुर ( १४ करोड ७५ लाख ५० हजार २ सय ५४)
आमा सरस्वति मुभिज प्रालि : छक्का पन्जा ५ (१५ करोड २० लाख ३६ हजार ८ सय ८३ रुपैयाँ )
महाजात्रा : म्याक्स (१५ करोड ६७ लाख ९९ हजार ६ सय १४ रुपैयाँ )
आमा सरस्वति मुभिज : छक्का पन्जा (१६ करोड १० लाख २२ हजार ३ सय ५० रुपैयाँ )
जारी : ( १७ करोड ४८ लाख १ हजार ४ सय ५९ रुपैयाँ)
आमा सरस्वति मुभिज : छक्का पन्जा ४ (१७ करोड ५३ लाख २ हजार ६ सय ११ रुपैयाँ)
विराज भट्ट फिल्स्म प्रालि : १२ गाउँ ( १९ करोड ९२ लाख ७७ हजार ७ सय ६३ रुपैयाँ)
बासुरी फिल्म्स : कबड्डी ४ (२१ करोड ४० लाख ७५ हजार २ सय १० रुपैयाँ )
सेभेन सिज सिनेमाज : पूर्णबहादुरको सारंगी (४६ करोड ८७ लाख ४१ हजार ४ सय ९७ रुपैयाँ )