यसराज र तेजुलाको ‘पिरतीको लुडो’ सार्वजनिक (भिडियो)


काठमाडौ । गायिका शिला बिष्ट ‘अलि’ र गायक बिपिन घिमिरेको आवाजमा रहेको नयाँ गीत भिडियो सार्वजनिक गरिएको छ। अभिनेत्री सुजता सिटौला निर्मित ‘पिरतीको लुडो’ बोलको भिडियो ओएसआर डिजिटल प्रालि मार्फत सार्वजनिक गरिएको हो । गीतको भिडियोमा तेजुला खतिवडा र यसराज गराच फिचर्ड छन् ।

सार्वजनिक गीतमा लक्ष्मी पौडेलको शब्द तथा बिपिन घिमिरेको संगीत रहेको छ। कोरियोग्राफर नरेशबिर सिंह, सम्पादन टेकेन्द्र शाह, छायांकन, निर्देशन लुजा सिंहको रहेको छ ।