अधिकारीको ‘सम्झेर सानु’ मा राज र रोशनी (भिडियो)


काठमाडौँ । गायक सिडी विजय अधिकारीको सुमधुर स्वरमा रहेको मार्मिक गीत ‘सम्झेर सानु’को म्युजिक भिडियो सार्वजनिक गरिएकाे छ । सार्वजनिक गीतमा दिल खडकाकाे शब्द फणिन्द्र राईकाे संगीत रहेकाे छ । राज खडका र राेशनि कार्कि अभिनित सेण्टिमेण्टल भर्सनको यस गीतले सुखी जीवन बिताउने सपना देखेर बिदेशिएका परदेशीहरुको भावना सुन्न सकिन्छ ।

परदेशिकाे पीडा र नेपालिहरुकाे महान चाड दशैकाे भाव समेटिएकाे गीतकाे भिडियाेलाई बुद्ध थापाले छायांकन, बिष्णु खड्काले सम्पादन र राज खड्काले निर्देशन गरेका छन् ।