रुपक डोटेलको ‘एक्लो जीवन’ सार्वजनिक (भिडियो)



काठमाडौँ। गायक रुपक डोटेलको स्वरमा रहेको नयाँ गीत भिडियो सार्वजनिक गरिएको छ। ‘एक्लो जीवन’बोलको गीतमा हरि बहादुर बस्नेतको शब्द तथा शक्ति बल्लभको संगीत रहेको छ। रमेश कोइरालाले निर्देशन गरेको भिडियोले यथार्थ कथा चित्रण गरेको छ। रवि चन्द्रको छायांकन रहेको भिडियोलाई जितेन्द्र राजोपाध्यायले सम्पादन गरेका हुन्। भिडियोमा दिनेश केसी र कशिश दाहालको अभिनय रहेको छ। भिडियो ओएसआरको अफिसियल च्यानल मार्फत सार्वजनिक गरिएको हो।