रमेशको ‘माया’ मा निरन्जली र छिरिङ्ग (भिडियो)



काठमाडौँ। गायक रमेश कुमार श्रेष्ठको आवाजमा रहेको नयाँ गीत भिडियो सार्वजनिक गरिएको छ। ‘माया’ बोलको गीतमा डिआर अटुको शब्द तथा संगीत रहेको छ। राजु कार्कीको सांगेत संयोजन रहेको गीतले माया प्रेमको भाव व्यक्त गरेको छ।

सूर्य लामाको सम्पादन,डिओपि र रंग संयोजन रहेको छ। जिन्ग्मे मिडिया प्रोडक्सनले निर्माण गरेको भिडियोलाई मिथुन बिजी र बिसन दोङ्गले निर्देशन गरेका हुन्। भाइन भीमफेदी ग्रुपको कोरियोग्राफी रहेको भिडियोमा निरन्जली लामा,छिरिङ्ग शेर्पा र भाईन भीमफेदी फिचर्ड छन्। भिडियो जिन्ग्मे मिडियाको अफिसियल यु ट्युब च्यानल मार्फत सार्वजनिक गरिएको हो।