रजनीलाई सरोजले मनपराए पछि.… (भिडियो)



काठमाडौं । गायक डेभिड शंकरको स्वरमा रहेको गीत ‘मन पराएँ तिमीलाई’को भिडियो सार्वजनिक गरिएको छ । सार्वजनिक गीतमा ज्ञानेश्वर तिवारीको कन्सेप्ट र शब्द तथा दीपक शर्माको संगीत छ । भिडियोमा सरोज खनाल, रजनी केसी र सरोज दाहाल फिचर्ड छन् । राजु अधिकारी निर्देशित भिडियोमा आशुतोष अधिकारी सहायक निर्देशन, जयराम थापाको छायांकन, विनय कंशकारको रंग संयोजन, मन्दील श्रेष्ठको सम्पादन छ । भिडियाकी निर्मात्री अम्बिका तिवारी अधिकारी हुन् । भिडियो ओएसआर डिजिटलको अफिसियल च्यानलबाट सार्वजनिक गरिएको छ।