हरिवंश र मेलिनाको ‘माछीलाई खोलीको लेउ’ मा करिश्मा, केकी र पल



काठमाडौँ। करिब ३ बर्ष अगाडी सार्वजनिक भएको ‘माछीले खाने खोलीको लेउ’ करिब ५ करोड पटक हेरिएको छ। सरोज ओली र मेलिना राईको आवाजमा रहेको गीतमा दिनेश थपलियाको शब्द र वसन्त सापकोटाको संगीत रहेको थियो ।

सोहि गीतको सिक्वेलको रुपमा ‘माछिलाई खोलीको लेउ’ सार्वजनीक गरिएको छ। सार्वजनिक गीतमा हरिवंश आचार्य र मेलिना राईको आवाज रहेको छ। गीतमा दिनेश थपलियाको शब्द र बसन्त सापकोटाको संगीत रहेको छ। नरेन्द्र वियोगीले एरेन्ज गरेको गीतलाई श्याम श्वेत रसाइलीले मिक्सिङ्ग तथा मास्टरिङ्ग गरेका छन्।

विक्रम स्वारको निर्देशनमा तयार भएको गीतको भिडियोमा हरिवंश आचार्य, अभिनेत्री करिश्मा मानन्धर, अभिनेत्री केकी अधिकारि र अभिनेता पल शाह फिचर छन्। विक्रम स्वारको कोरियोग्राफी रहेको भिडियोमा नवराज उप्रेतीको छायाकन, भुपेन्द्र अधिकारी र सुवर्ण दुलालको सम्पादन रहेको छ।