हरि लम्साल र कपिल अन्जानको ‘यो शिर झुकेको छैन’ (भिडियो)



काठमाडौँ। गायक तथा संगीतकार हरि लम्सालले ‘यो शिर झुकेको छैन’गजल सार्वजनिक गरेका छन् । कपिल अन्जानको शब्द रचना र हरि लम्सालको संगीत तथा स्वर रहेको गीतमा देशप्रेमले ओतप्रोत स्वाभिमानी नेपालीको भावना उजागर गरेको छ । टुवेल नोट्सको अफिसियल च्यानलबाट शुक्रबार सार्वजनिक गरिएको गीतको भिडियोमा शंकर पराजुली र आस्था बस्नेतको अभिनय रहेको छ ।

शक्ती पाख्रिनको निर्देशनमा बनेको भिडियोमा मिलन एक्स तामाङ्को सिनेमाटोग्राफी र अन्जल शर्माको को सम्पादन रहेको छ भने भिडियोमा केशब भट्टराई र निरज अर्यालको लगानी रहेको छ ।