दिपकको ‘बाटो हेरी नरोउ आमा’ मा बद्रि पंगेनीको अभिनय (भिडियो)



काठमाडौं । बिदेशिएका युवाको पिडालाई गहकिलो ढंगले प्रस्तुत गरिएको गीतको भिडियो सार्वजनिक गरिएको छ । कोरोना कहरका कारण स्वदेश फर्कन नसकेका कामदारको मर्मस्पर्शी गीतका गायक बद्री पंगेनी हुन् । साच्चै नै आमा र सन्तान बीचको गहिरो र आत्मिय सम्बन्ध र आफ्नो गाउँ, घरको सम्झनाले न्यास्रो लाग्ने तथ्यलाई भावुक एवं सांगीतिक रुपमा प्रस्तुत गरिएको भिडियो दिपिका म्युजिकको अफिशियल च्यानलबाट सार्वजनिक भएको हो।

क्रान्ति के.सी.ले निर्देशन, सम्पादन गरेको भिडियोमा निराजन के.सीको सहनिर्देशन रहेको छ । दिपक कँडेलको शब्द, गणेश अधिकारीको संगीत, अजय रेग्मीको छायांकन रहेको भिडियोमा बद्री पंगेनीलाई अभिनयमा सुलोचना भडेल, मनिषा लोकन्द्रीले साथ दिएका छन् ।