‘बाँचे तिम्रो मरे देउताको’ सार्वजनिक


काठमाडौं। ‘बाँचे तिम्रो मरे देउताको’बोलको गीत युट्युबमा सार्वजनिक गरिएको छ। गीतमा वरिष्ठ लोकगायक नारायण रायमाझी र गायिका शान्ति श्री परियारको आवाज सुन्न सकिन्छ।

रीमा ईन्टरटेन्मेन्टको युट्युब च्यानमार्फत यो गीत सार्वजनिक गरिएको हो। गीतको रचना नारायण रायमाझी, ईन्द्र जिसी र सञ्जिवनीले गरेका हुन्। भिडियोमा नारायण रायमाझी र शान्ति श्री परियार स्वयंमलाई हेर्न सकिन्छ। गीतको भिडियोलाई मिराज अर्यालले छायांकन तथा सम्पादन गरेका छन्।

हेर्नुहोस् भिडियो :

नारायण र शान्ति श्रीको आवाजमा केही दिनअघि ‘छिमेकीले बनायो मुलबाटो’बोलको गीत सार्वजनिक भएको थियो। जुन गीतलाई स्रोता दर्शकले अत्याधिक रुचाएका छन्। यस गीतलाई पनि स्रोता तथा दर्शकले रुचाउने अपेक्षा गरिएको छ।