मनोज गजुरेललाई कोरोना संक्रमण पुष्टि



काठमाण्डौ । हास्य कलाकार मनोज गजुरेलाई कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । कोरोना संक्रमणसंग मिल्दोजुल्दो लक्षण देखिएपछि पीसीआर परीक्षण गराउँदा कोरोना पोजेटिभ आएको आफैले जानकारी दिएका छन् ।

उनमा सोमबार साँझ कोरोना पुष्टि भएको हो । यद्यपी आफू बिहिबारदेखि नै आइसोलेशनमा बसेको उनले जनाएका छन् ।

उनले आफूमा गाह्रो हुने खालका लक्षणहरु नदेखिएको जनाउदै सामाजिक सञ्जालमा लेखेका छन् ‘मलाई अहिले गाह्रो हुनेखालका सिमटम्स छैनन् तर पनि आफू र अरुको स्वास्थ्यलाई ध्यानमा राखेर गुप्तवासमा रहेको जानकारी गराउन चाहान्छु ।’