१६ वर्षकी चर्चित टिकटक स्टारले गरिन् आत्महत्या !


सेलिब्रेटी नेपाल । १६ वर्षकी टिकटक स्टारले आत्महत्या गरेकी छन् । सोसल मिडिया स्टार सिया कक्कडले आत्महत्या गरेकी हुन् । उनले किन आत्महत्या गरिन् भन्ने खुल्न सकेको छैन । सिया सामाजिक संजालमा निकै चर्चित थिइन् । उनको इन्स्टाग्राममा लाखौंको संख्यामा फलोअर छन् । टिकटकमा पनि उनको ठूलो संख्यामा फलोअर छन् ।

समाचार श्रोतका अनुसार गएराती एक गीतको विषयमा सियाले आफ्ना म्यानेजर अर्जुन सरिनसँग कुरा गरेकी थिइन् । सियाले आत्महत्या गरेको खबरले अर्जुन पनि चकित छन् । अर्जुनका अनुसार अघिल्लो दिनसम्म सबै कुरा ठिक थियो र सिया तनावमा पनि थिइनन् । सिया टिकटकमा पनि निकै चर्चित थिइन् । उदाउँदै गरेकी सेलिब्रेटीको आकस्मिक आत्महत्याको खबरले फ्यान शोकमा छन् । एजेन्सी