प्रोडूसरले सक्यो सम्पादन


सेलेब्रिटी नेपाल पौष ११-नेपाली चलचित्र प्रोडूसर को सम्पादन कार्य सकियको छ । चलचित्रको सम्पादन डिजिटल एफ एक्स को स्टुडियो मा एडिटर प्रज्वलित पराजुली ले गरेका हुन् । नेपाली चलचित्र क्षेत्रको वर्तमान अबस्थालाई चित्रण गर्दै चलचित्र निर्माण गर्दाको समस्यालाई उतारेर निर्माण गरियको चलचित्रको अब केहि दिनमानै डबिंग सुरु हुने जानकारी निर्माता ज्योति राज राईले गराए । नेपाली चलचित्र प्राय एकै किसिमका बन्ने गर्छन एकै शैलीका चलचित्र बनिरहेको समयमा हामीले पृथक कथा बस्तुमा चलचित्र निर्माण गर्ने कोशिश गरेका छौ राई ले भने । प्रोडूसर नेपाली चलचित्र क्षेत्रकै कथा हो । सुन्दा सरल र सहज लागे पनि चलचित्र ले उठायका बिसयहरु गहन छन् । उनका अनुसार चलचित्र मा प्राबिधिक देखि निर्माता निर्देशक र कलाकार हरुको समस्या उठाउन खोजियको छ । पाँच दशक लामो चलचित्र उद्योगमा नेपाली चलचित्र क्षेत्र भित्रकै कथामा बन्न लागेको यो पहिलो चलचित्र भयको राई दाबी गर्छन । चलचित्र हेरेपछि नेपाली चलचित्र को वर्तमान अवस्था बुझ्न सजिलो हुनेछ । चलचित्र निर्माता बन्न सार्है गार्हो हुने अनुभब राई ले सुनाय सार्है दुख र मेहनत गरेर बनायको चलचित्र नचल्दा आर्थिक घाटा भन्दा पनि निर्माता भित्र को पिडा चलचित्र प्रोडूसर हेरे पछि थाहा हुन्छ  । हाल निर्माता संघ का अध्यक्ष राज कुमार राई र ज्योति राई दुइ दाजु भाइको संयुक्त प्रोजेक्ट हो । यस अघि पनि दाजु भाई को सहकार्यमा थुप्रै नेपाली चलचित्र बनि सकेका छन् ।

चलचित्र प्रोडूसर को निर्देशन जनक दीप पराजुलीले गरेका हुन् । पराजुलीलाई ज्योतिले नै पहिलो पटक ठुलो पर्दाको निर्देशक बनायका हुन् । यो भन्दा पहिले सानो पर्दामा सफल देखियका जनक दीप को कामबाट निर्माता राई सन्तुस्ट छन् । टिम वर्क राम्रो मिलेको कारण राम्रो चलचित्र बनेको कुरा ज्योतिले बताय । चलचित्रमा श्याम अर्याल,बाबु बोगटी,स्वेता भट्टराई,पायल रायमाझी,विल्सन बिक्रम राई लगायत नयाँ पुस्ताका कलाकारका साथै श्याम राई, युबराज लामा जस्ता पुराना हस्ती कलाकारको पनि अभिनय रहेको छ । चलचित्र आगामी नया बर्ष को अबसरमा प्रदर्शन गरिने जानकारी निर्माता ज्योति राईले गरायका छन् ।