नम्रता श्रेष्ठ स्टारर ‘जाइरा’ प्रदर्शनमा


सेलिब्रेटी नेपाल

फ्राइडे रिलिज अन्तर्गत यो शुक्रबारबाट नम्रता श्रेष्ठ स्टारर चलचित्र ‘जाइरा’ प्रदर्शनमा आएको छ । चलचित्रको शुक्रबार विहान आयोजित प्रेस शोमा उपस्थीत चलचित्रकर्मी, पत्रकार र दर्शकले ‘जाइरा’ लाई मिश्रित प्रतिक्रिया दिएका छन् । प्रेस शोमा चलचित्र हेरेका अधिकांशले चलचित्रका मुख्य कलाकार नम्रता श्रेष्ठ र डेव्यु गर्ल सृजना रेग्मीको एक्सन र प्रमोद अग्रहरीको लुक्सको प्रसंशा गरे । बदलाको कथामा निर्माण भएको यस चलचित्रमा अभिनेत्री नम्रता श्रेष्ठ मिक्स मार्शल आर्ट खेलाडीको भूमिकामा छिन् । चलचित्रमा उनलाई एक्सन अवतारमा प्रस्तुत गरिएको छ । लभर गर्लको भूमिकामा निकै रुचाइएकी नम्रतालाई यसअघि एक्सन चलचित्र दर्शकले देख्न पाएका थिएनन् । चलचित्रको क्यारेक्टरमा भिज्न नम्रताले करिब ८ महिना मिक्स मार्सल आर्टको तालिम लिनुका साथै कपाल समेत मुण्डन गरेकी थिइन् ।

आशुतोष श्रेष्ठको निर्देशनमा बनेको ‘जाइरा’ मा नम्रताका अलवा प्रमोद अग्रहरी, अनुप बिक्रम शाही, रेमन दास श्रेष्ठ, डेव्यु कलाकारहरु श्रृजना रेग्मी, सुजता श्रेष्ठ र सम्राट मगरले शिर्ष भूमिकामा अभिनय गरेका छन् । निर्देशक श्रेष्ठको कथा रहेको चलचित्रको पटकथा तथा संवाद निरोज महर्जन र निर्देशक स्वयंमले तयार पारेका हुन् । प्रनिता श्रेष्ठ र कारा श्रेष्ठ निर्माता रहेको चलचित्रका कार्यकारी निर्माता प्रशन्न गोपाली हुन् । सम्राट बस्नेको द्वन्द्व निर्देशन, कल्याण सिंह, डिजे राजुको संगीत, बाबु श्रेष्ठको छायाँकन, लोकेश बज्रचार्य र प्रविन श्रेष्ठको सम्पादन रहेको छ ।