दुवईमा ‘गुञ्जन’ को गीत छायाँकन


काठमाडौं । चलचित्र ‘गुञ्जन’ युनिट यतिबेला दुवई पुगेको छ । चलचित्रको एक गीत ‘सास चल्छ पल पल तिम्रै मायाको’ छायांकनका लागि निर्देशक अष्ट महर्जन, निर्माता हिराकृष्ण महर्जन सहित अभिनेता प्रिमतराज सेन्चुरी र अभिनेत्री सारा सिर्पालीको साथमा जम्बो युनिट सहित दुवई पुगेका हुन् ।

प्रिमतराज र साराको रोमान्टिक अन्दाजमा चलचित्रको गीत दुवईको बिभिन्न आकर्षक लोकेसनमा छायाँकन भइरहेको छ । जसको कोरियोग्राफी कबिराज गहतराजले गरिरहेका छन् भने छायांकन बिदुर पाण्डेले गरेका छन् ।

विगत २ दशकदेखि फिल्मको द्धन्द निर्देशन गर्दै आएका अष्टको निर्देशनमा यो डेब्यु चलचित्र हो । विशुद्ध प्रेमकथाको बिषयमा बनेको चलचित्रमा सारा र प्रितमराजको अलवा सरोज खनाल, हिउँवाला गौतम, कविर खड्का, रोहन शाही, निरुता स्याङताङ, कन्चन चालिसे, सुस्मिता बराल, इभा श्रेष्ठ, अमोद भट्ट, आइपी आचार्य, ऋचा शर्मा, अमेश न्यौपानेलगायतका कलाकारको अभिनय छ । प्रितमराजले यसै चलचित्रबाट अभिनयमा डेब्यु गरेका हुन् ।

राजु श्रेष्ठको छायाँकन, बिपिन मल्लको सम्पादन, कबिराज गहतराजको नृत्य र कल्याण सिंह, अर्जुन पोखरेल र करणराज कार्कीको संगीत रहेको फिल्मको काठमाडौँ, पोखरा, जोमसोममा छायाँकन भएको छ । हिराकृष्ण शाहीको प्रस्तुति र सुनिता शाही निर्माता रहेको चलचित्र ए.एच इन्टरटेन्मेन्टको ब्यानरमा निर्माण भएको हो ।