शुशान्तले अष्ट्रेलियाबाट मोडल निशा संगै अन्य समस्यामा परेकालाई गरे सहयोग



काठमाडौँ। चलचित्र’तिन घुम्ती,’चि मुसि चि’,’रुमालै छ चिनो,’बिन्दास’ जस्ता चलचित्रमा अभिनय गरेका अभिनेता शुशान्त कार्कि यतिबेला अष्ट्रेलियामा छन् । नेपाली सिनेक्षेत्रमा लामो समय काम गरेका अभिनेता शुशान्तले डेढ दर्जन भन्दा बढि चलचित्रमा काम गरिसकेका छन् ।

अहिले कोभिडको कारण सिने क्षेत्रका अधिकांशलाइ समस्या छ,झन् दैनिक ज्यालामा काम गर्ने प्राबिधिक,द्धन्द कलाकारहरु र डान्सरहरुलाइ त धेरै नै समस्या छ । यस समयमा शुशान्त कार्किले अष्ट्रेलियाबाट सहयोग रकम पठाएका छन् । साथै मोडल निशा घिमिरेको सहयोगको लागी उनले २० हजार पठाएका छन् भने समस्यामा परेका चलचित्र पत्रकारका लागी पनि उनले २० हजार सहयोग गरेका छन् । आफू र आफ्ना नजिकका साथिहरुबाट सहयोग जुटाएर उनले १ लाख १२ हजार भन्दा बढि रुपैया सहयोग नेपाल पठाएका हुन् ।

अहिलेको बिषम परिस्थितिमा पर्दा पछाडिबाट आफूलाइ कलाकार बन्न सहयोग गर्ने व्यक्तित्वलाइ सहयोग गर्न पाउँदा खुसि लागेको बताएका छन् ।