(सेलिब्रेटी नेपाल) २० फागुन-निर्देशक बेद प्रसाद भुर्तेलको पहिलो चलचित्र ‘सन्जोग’ सम्पादनमा हुँदै उनलाई दोस्रो चलचित्रको काम मिलेको छ। उनले निर्देशन गर्न लागेको चलचित्र नाम  ‘कुरवान’ रहेको छ। ‘मेरो पहिलो चलचित्रको काम हेरेर मलाई निर्माताले पत्याउनु भयो सके सम्म राम्रो काम गर्ने कोशिश गर्ने छु’ निर्देशक भुर्तेल भन्छन। आगामी चैत्र पहिलो हप्ताबाट फ्लोरमा जाने गरी निर्माण घोषणा गरिएको यो चलचित्रले पूर्ण एक्सन प्रधान रहनेछ। मद्रासी जस्तो ‘फास्ट एक्शन’मा ‘कुरवान’ बन्ने बताईएको छ।

इलामबाट छायांकन सुरु हुने यो चलचित्र इलाम, झापा र पोखरामा छायांकन गरिनेछ। चलचित्र ‘कुरवान’मा प्रेम तामाङको लगानी रहने छ भने सोनिया शर्मा, सविन श्रेष्ठ, प्रज्जवल गिरी, कमल कृष्ण,उमेश उप्रेती लगायतका कलाकारहरुले अभिनय गर्नै छन्। मदन कास्यप घिमिरेको छायांकन रहने यो चलचित्रको कथा निर्देशक बेद प्रसाद स्वयंले लेखेका हुन। चलचित्रमा द्वन्द्व निर्देशन चन्द्र पन्तको रहने छ।


 
 
 

 
							 
							 
							 
							 
							 
							