‘साङ्लो’ को दोश्रो गीत ‘झ्यामै आँखा झ्याम्मै’ सार्वजनिक (भिडियो)


सेलिब्रेटी नेपाल

काठमाडौँ: बिराज भट्ट स्टारर चलचित्र ‘साङ्लो’को दोश्रो गीत सार्वजनिक गरिएको छ । सार्वजनिक ‘झ्यामै आँखा झ्याम्मै’ बोलको गीतमा विराज र निकिता चाण्डक रोमान्टिक अवतारमा प्रस्तुत छन् । सुरेश अधिकारीको संगीतमा बनेको गीतमा निशान भट्टराई र अन्जु पन्तको स्वर रहेको छ । रामजी लामिछानेले कोरियोग्राफी गरेको भिडियो उत्कृस्ट बनेको छ ।

बिराज भट्ट स्वंयको निर्माण तथा निर्देशन रहेको चलचित्रले किड्नी तस्कीरको कथा उठान गरेको छ । आगामी माघ २४ गतेबाट प्रदर्शनमा आउने तयारीमा रहेको चलचित्रलाई विराजको सुखद कमव्याकको रुपमा समेत हेरिएको छ । एक्सन, लभस्टोरी चलचित्रमा जयनन्द लामा, कामेश्वर चौरसिया, प्रकाश शाह, आरपी पन्त, लय संग्रौला, अमित गिरी, शिशिर भण्डारी, रमेश सोडारी, भिष्म जोशीलगायतका कलाकारको मुख्य भूमिका रहेको छ ।

बिराज भट्ट प्रोडक्सनको ब्यानरमा निर्माण भएको चलचित्रलाई शिवम अधिकारीले पटकथा तथा संवादमा ढालेका हुन् । बिराज स्वंयमको कथा रहेको चलचित्रलाई मानकृष्ण महर्जनले छायाँकन गरेका हुन् । चलचित्रमा श्री श्रेष्ठको द्धन्द्व निर्देशन, सुरेश अधिकारीको संगीत, रामजी लामिछानेको कोरियोग्राफी र अर्जुन जिसीको सम्पादन रहेको छ । चलचित्रमा तेज बहादुर खड्का निर्माताको रुपमा रहेका छन् ।