प्रियंका कार्की भन्दैछिन् ‘घुमाईदेउ पोखरा'(भिडियो)



काठमाडौँ। बिजया दशमीको अबसर पारेर चलचित्र ‘तिम्रो मेरो प्रेम कहानी’को गीत यूटुब मार्फत सार्बजनीक गरिएको छ । एजुकेसन एण्ड माइग्रेसन कर्नरले प्रस्तुत गरेको चलचित्र ‘तिम्रो मेरो प्रेम कहानी’को यो गीतमा नायिका प्रियंका कार्कीले अभिनय गरेकी छिन । ठमेल बजार बोलको गीत मार्फत चर्चामा आएकी गायिका मिना निरौलाले यो गीतमा पनि निकै राम्रो कौशलता प्रस्तुत गरेकी छिन । नेप आर्ट डिजिटल यूटुब च्यानल मार्फत सार्वजनिक गरिएको यो भिडियोको गीतमा शब्द र संगीत रमण गायकको रहेको छ।

नेत्र गुरुङको निर्देशन रहेको र प्रियंका कार्की अभिनीत गीतमा क़बिराज गहतराजको नृत्य निर्देशन रहेको छ । सुरज आरडीको निर्माण रहेको यो चलचित्रमा सुरज आर डी, सारिका केसी लगायतका कलाकारहरूको अभिनय रहेको छ।