हातखुट्टा नै कुँजिएर ओछ्यान परेकी निशा अभिनित म्युजिक भिडियोहरु


काठमाडौँ। ३ बर्ष अगाडि अभिनय कोर्स पढ्नका लागि देहरादुन जाँदै गर्दा सडक दुर्घटनामा परेर गम्भिर घाइते भएकी मोडल निशा घिमिरेको नर्भिक अस्पतालमा उपचार सुरु भएको छ । घाइते भए लगतै निशाको उपचार भारतमा भैरहेको थियो ।

तर, उनको परिवारको आर्थिक अवस्था कमजोर भएका कारण भारतमा उपचार हुन सकेन र उनको परिवारले उनलाई नेपाल ल्याएर उपचार सुरु गरेको थियो । काठमाडौंको ट्रमा सेन्टरमा ३ महिना उपचार भएपनि उनको अवस्था सुधार हुन सकेन । यसपछि, डाक्टरहरुको सल्लामा उनको विभिन्न थेरापी सेन्टरमा थेरापी पनि चलिरहेको थियो ।

एकातिर आर्थिक अवस्था कमजोर हुनु र अर्कोतिर कोरोना संक्रमण बढ्नु, उनको परिवारले उनलाई घरमै ल्यायो । अर्धचेत अवस्थामा घरमै रहेकी निशाको शरीर सुक्दै गएको थियो । निशाको सामाजिक संजालमा तस्वीहरु सार्वजनिक हुन थालेपछि नर्भिक अस्पतालमा उपचार सुरु गरिएको छ । नर्भिक अस्पतालकी प्रवन्ध निर्देशक मेघा चौधरीले उनको उद्दारमा पहल गरेकी हुन् ।

निशाको नशामा समस्या देखिएको डाक्टरहरुले बताएका छन् । उनको अवस्थामा धेरै सुधार हुने अपेक्षा गरिएको छ । निशाले नेपाली र मैथिली भाषामा बनेको फिल्म ‘मधेसीपुत्र २’ मा मुख्य भूमिका निर्वाह गरेकी थिइन् । उनले नेपाल टेलिभिजन बाट प्रशारणमा आएको टेलि सिरियल ‘डियर जिन्दगी’, दुई दर्जन भन्दा बढी म्युजिक भिडियोमा पनि काम गरिसकेकी छिन् ।
निशा अभिनित म्युजिक भिडियो र टेलिसिरियल डियर जिन्दगि तलको लिंक बाट हेर्न सक्नु हुनेछ।