‘मेरो दिल’ को ‘उनी र म’ मा मोनिका र शंकर(भिडियो)



सेलिब्रेटी नेपाल। प्रेमकथानक चलचित्र ‘मेरो दिल’ मा समाबेश ‘उनी र म..’ बोलको गीत सार्वजनीक गरिएको छ । प्रेमपीडा भावको गीतमा करणराज गिरीको स्वर र संगीत तथा नारायण जलनको शब्द छ । रेखा शाह र नरेश योगीले कोरियोग्राफी गरेको भिडियोमा मोनिका दाहाल र शंकरराज पहाडी फिचर्ड छन् ।

नवीन पन्तले निर्देशन गरेको चलचित्रमा मोनिका, शंकरराज, ओेसिन भट्टराई,हरि बस्नेत डिके लगायतले अभिनय गरेका छन् । बिनोद सापकोटाले खिचेको चलचित्रको निर्मातामा गीता शर्मा,सलिना लामा,हरि शर्मा र टेरिसा खड्का छन् । चलचित्र कोरोना महामारीपछि दर्शकमाझ ल्याइने जानकारी निर्देशक पन्तले दिए ।