महजोडीको चलचित्रमा निर्देशक प्रदीप


सेलिब्रेटी नेपाल

काठमाडौँ: महजोडी मदनकृष्ण श्रेष्ठ र हरिबंश आचार्यको मुख्य भूमिका रहने गरि नयाँ चलचित्र बन्ने भएको छ । अनटाइटल प्रोजेक्टलाई प्रदीप भट्टराईले निर्देशन गर्नेछन् ।

प्रदीप र महजोडीले यसअघि ‘शत्रु गते’मा सहकार्य गरेका थिए । जुन चलचित्र बक्सअफिसमा ब्लकबस्टर सावित भएको थियो । २०७७ को दशैँलाई रिलिज घोषणा गरेको चलचित्र आउँदो तिहार पछि छायाँकनमा जानेछ ।

निर्देशक प्रदीपले नै लेखिरहेको चलचित्रमा कलाकार रविन्द्र सिंह बानियाँको लगानी रहनेछ । रविन्द्र र प्रदीप बीच यो तेस्रो सहकार्य हुन लागेको हो । सुपरहिट सिरिज ‘जात्रा’को दुवै सिक्वेलमा यी दुईले सफल सहकार्य गरिसकेका छन् ।

दशैँमा रिलिज घोषणा गरिए पछि यो मितिमा रिलिज हुने सिनेमाको संख्या तीन पुगेको छ । दशैँ रिलिजको लागि ‘अल्लारे २’ र ‘छड्के २’को आधिकारिक घोषणा गरिसकेका छन् ।