‘काले दाइ’ को रोमान्टिक नम्बर ‘आँखा आँखा जुधी’ सार्बजनिक (भिडियो)


सेलिब्रेटी नेपाल

काठमाडौँ: बिजयादशमीको अवसर पारि असोज १७ गतेबाट प्रदर्शनमा आउने चलचित्र ‘काले दाई’को नयाँ गीत सार्बजनिक गरिएको छ । सार्बजनिक ‘आँखा आँखा जुधी’ बोलको रोमान्टिक गीतमा दीपा लामा र शिब के परियारको स्वर रहेको छ। सार्बजनिक गीतमा इन्द्र रामजालीको शब्द तथा संगीत रहेको छ । उक्त गीतमा चलचित्रका मुख्य दुइ कलाकार इन्द्र रामजाली र अनु पराजुली फिचर्ड छन् ।

नेपाल सेनामा कार्यरत युवाको कथा बोल्छ । शिव शर्माले निर्देशन गरेको चलचित्र नौधारे फिल्म प्रोडक्सन र रामजाली प्रोडक्सनको ब्यानरमा निर्माण भएको हो। चलचित्रमा सम्शेर गुरुङ र ईन्द्र रामजालीको लगानी छ। अन्तर्जातीय प्रेम कथा पनि चलचित्रले उठाउन खोजेको छ ।

चलचित्रमा ईन्द्र रामजाली, शिशिर भण्डारी, अनु पराजुली, सुरेन्द्र केसी, शारदा गिरी, उत्तम केसी, विष्णु सापकोटा, गीता अधिकारी, रामचन्द्र अधिकारी,गोबिन्द श्रेष्ठ लगायतको अभिनय रहेको छ। चलचित्रको कथा ईन्द्र रामजाली र किशन अर्यालले लेखेका हुन् । चलचित्रमा पवन गौतमको छायांकन, कुमार महर्जनको द्धन्द्ध, रामजी लामिछानेको कोरियोग्राफी तथा तारा थापा ‘किम्भे’को सम्पादन छ । चलचित्रलाई आरआर फिल्मस्ले वितरण गर्नेछ।