चलचित्र ‘चिनी कम रंग कडा’ को लिरिकल भिडियो सार्बजनिक



सेलिब्रेटी नेपाल । बिबेक घिमिरे निर्देशित चलचित्र ‘चिनी कम रंग कडा’ को ‘सुगन्धि चक्षुले’ बोलको गीतको लिरिकल भिडियो सार्बजनिक गरिएको छ । मानव सुबेदी र सुशील सुबेदीको शब्द रचना रहेको गीतमा मानवकै संगीत तथा स्वर रहेको छ ।

मानव सुबेदी, सुशील सिटौला, अनु थापा, सुर्य थापा, रबिन जंग थापा, जीवन भट्टराई, प्रकाश भुजेल लगायतका कलाकारहरुको अभिनय रहेको चलचित्रमा याकोपो राचलिक र लुक मौसेरीको छायांकन, मानव सुबेदीको पार्श्व संगीत र कृष्ण भण्डारीको सम्पादन रहेको छ । गणेशदेव पाण्डेको निर्माण तथा लेखन रहेको चलचित्रलाई ओटिटि प्लेटफर्म मार्फत रिलिज गर्ने तयारी गरिएको छ । केहि समय अघि चलचित्रको टिजर सार्बजनिक गरिएको थियो।