सिलगुढी पुगेर सकियो चर्खाको छायांकन


सेलीब्रेटी नेपाल काठमाडौँ
गैर आबासिय नेपाली संघ बेल्जियमाका शहदेब गौतमले निर्माण गरेको चलचित्र चर्खाको छाँयाकन सम्पन्न भएको छ । छायाँकनको ३४ दिनको दिन भारतको सिलगुढी पुगेको युनिटले सैतिसौं दिनको दिनमा ईण्डक्लप गरेको हो । केहि दिन अघि चलचित्रको छायाँकनका लागी भन्दै चर्खा युनिट भारत गएको थियो । सिलगुढीमा पन्ध्र प्रतिशत छाँयाकनगरी सोमबार युनिट नेपाल फर्केको छ । चलचित्रलाई सिन्दुर चलचित्रबाट निर्देशनमा डेब्यु गरेका निर्देशक गोबिन्द गौतमले निर्देशन गरेका हुन । गौतमले यसअघि सौभाग्य,स्काउट,बिरासत लगाएतका चलचित्रहरु निर्देशन गरी सकेका छन् ।
charkha-nepali-film
चर्खामा दिलिप रायमाझी, जुनु रिजाल, निर्जन थापा, सुशान्त कार्की, सुरबिना कार्की, रजनि केशी लगाएतका कलाकारहरुले अभिनय गरेका छन । यो चलचित्र मार्फत हेटौडाका युवा ब्यबसायीहरु सुनिल अधिकारी, धर्मराज बर्तौला, गणेश भेटवाल, बालकृण खडका, रुपेश केशी चलचित्र क्षेत्रमा लगानी कर्ताका रुपमा आएका छन । चलचित्रमा सहनिर्देशक अनमोल शर्मा, निर्माण ब्यबस्थापन ईश्वर घिमिरे,सिनेमेटो ग्राफी दिब्य सुबेदी,दन्द निदेशक रोशन श्रेष्ठ, नृत्य कबिराज गहतराज, रामजी लामिछानेको रहेको छ भने चलचित्रमा यादबराज पुरी, सुष्मा श्रेष्ठ, रुपेश केशी, राजेश शाही बालकृष्ण बतौला लगाएतका कलाकारहरुको पनि अभिनय रहेको बताईएको छ ।