पूर्वबाट चलचित्र ‘अन्धकार’को छायाँकन


सेलिब्रेटी नेपाल

काठमाडौँ:राज फिल्मस् प्रालिको ब्यानरमा चलचित्र ‘अन्धकार’ निर्माण हुने भएको छ । निर्माण टिमले शनिबार एक कार्यक्रमको आयोजना गरी चलचित्रको शुभ मुहूर्त गरेको हो । समाजका विविध बिकृति मध्ये युवा पुस्ता आफैमा शिक्षित हुँदा हुँदै पनि कसरी दुर्ब्यसनिको शिकार भैरहेको छ भन्ने कुरा ‘अन्धकार’को मुख्य विषयबस्तु रहने निर्माण पक्षले जानकारी दिएको छ ।

सोमबारबाट मोफसलको इटहरी, झापा, धरान लगायतका स्थानमा छायांकन हुने ‘अन्धकार’लाई सागर पौडेलले खिच्नेछन् । सुर्य बुढाथोकीको लेखन, निर्देशन रहने ‘अन्धकार’मा राज श्रेष्ठ, ज्योति संग्रोला, सुभाष चन्द्र खरेल, मिना कोईराला, सुजन ढकाल लगाएत कलाकारको अभिनय रहने छ ।