नायक हुन अरुले देखेजस्तो सजिलो छैन: सन्नी


सेलिब्रेटी नेपाल

काठमाडौँ: नेपाली कला क्षेत्रमा लागेर नाम र दाम कमाऊने सपना देख्नेहरु धेरै छन् सबैको सपना पुरा हुँदैन । अभिनयमा लाग्छु होला भनेर कहिले नसोचेका सन्नी सिंह अभिनयमा आए र निरन्तर आफुलाइ यस क्षेत्रमा स्थापित गर्ने दौडमा लागि रहे । सन् २०१३ मा ‘म्यान हन्ट इन्टरनेसनल’ नामक प्रतियोगितामा टप ५ मा पर्न सफल भएपछी आफूभित्रको प्रतिभालाइ बुझ्नेअवसर पाए। मिस्टर फोटोजेनिकको उपाधि समेत हात परेपछि नायक भन्ने हुटहुटिले उनलाई ‘डायरी’ चलचित्र सम्म डोर्यायो।

उनको पहिलो चलचित्रले व्यवसायिक सफलता नपाए पनि अन्य चलचित्रमा खेल्ने अवसर भने पाइरहे। केहि म्युजिक भिडियो र बिज्ञापन हरुमा समेत अभिनय गरिसकेका सन्नी ‘सरौतो’ चलचित्र मार्फत फेरी एक पटक दर्शकमाझ आउदैछन्। ‘सरौतो’ भन्दा अगाडी उनले’ जानी नजानी’ मा पनि काम गरिसकेका छन्। त्यसो त यो सन्नीको तेस्रो चलचित्र हो ।

एउटा फोटोग्राफरको भूमिकामा देखिएका सन्नीले ‘सरौतो ‘ मा राम्रो काम गरेको र निक्कै आशावादीसमेत रहेको बताएका छन्। बर्षमा एउटा चलचित्र गरिरहेका सन्नी अलिक राम्रो चित्त बुझ्दो स्क्रिप्ट पाए र अफर आए वर्षमा २-३ वटा चलचित्र बढाउने सुरमा छन् । तर, राम्रो कथाबस्तु नभएका कारण एउटा मा नै चित्त बुझाउनु परेको उनि बताउछन।

आगामी दिनहरुमा पनि सन्नीलाइ चलचित्र क्षेत्रमा कत्तिको देख्न पाइन्छ भन्ने प्रश्नमा उनि भन्छन, “बिस्तारै सिक्दै छु यहि क्षेत्रलाइ नै निरन्तरता दिने सोच छ, राम्रो कथाको अफर आए अवस्य गर्नेछु। ”

‘हिरो हुन अरुले देखेजस्तो सजिलो नहुने’ उनको तर्क छ। उनीपनि आफ्नो शरीर फिट राख्न हरेक साताको ५ दिन जति जिममा बिताउने रहेछन। बाहिरतिर गएर गेमहरु खेल्ने, खानामा कन्ट्रोल गर्ने उनको फिट रहने मन्त्र रहेछ। घुम्न एकदम नै मन पराउने सन्नी ब्यबसायिक क्षेत्रमा पनि रुचि राख्छन। साथै उनले आफ्नो बुवाको ब्यबसायको लागि आफुले समय दिई रहेको बताउछन् ।