प्रदर्शनमा ‘सेन्टी भाइरस’ र ‘आमा’


सेलिब्रेटी नेपाल

काठमाडौँ:फ्राइडेरिलिज अन्तर्गत आज शुक्रबारदेखि दुई चलचित्र ‘सेन्टी भाइरस’ र ‘आमा’ प्रदर्शनमा आएका छन् । महा शिवरात्रिको अवसर पारेर प्रदर्शनमा आएका दुवै चलचित्रले मल्टीप्लेक्समा राम्रो शोज पाएका छन् ।

‘आमा’लाई देशकै ठुलो मल्टीप्लेक्स चेन क्युएफएक्सले २४ शोज दिएको छ । भने, ‘सेन्टी भाइरस’को पक्षमा ५० शोज छुट्टयाएको छ । राजधानीबाट संचालन हुने ठुला मल्टीप्लेक्समा ‘सेन्टी भाइरस’ले ८० शोज पाएको छ । यसमा एफक्युबले ५, सिडिसीले ६, आइएनआइले ७, बिएसआर/क्युज र वान सिनेमाजले समान ४/४ शोज छुट्टयाएका छन् ।

यस्तै माथिकै मल्टीप्लेक्सबाट ‘आमा’ले टोटल ५१ शोज पाएको छ । उसलाई आइएनआइले ७, बिएसआर/वान सिनेमाजले समान ३/३ र एफक्युब/सिडिसी/क्युजले ४/४ शोज दिएका छन् ।

रामबाबु गुरुङ निर्देशित ‘सेन्टी भाइरस’मा सिताराम कट्टेल, दयाहाङ राई, कुञ्जना घिमिरे, विल्सनविक्रम राई, बुद्दि तामाङ, राजाराम पौडेल, बसन्त भट्ट, कमलमणि नेपाल, सन्दीप क्षेत्री, पवन खतिवडा, एलिश राई, सुनिता घिमिरेसँगै थुप्रै कलाकारको अभिनय छ ।

यस्तै दीपेन्द्र के खनाल निर्देशित ‘आमा’मा मिथिला शर्मा सुरक्षा पन्त, सरिता गिरी, देशभक्त खनाल, मनिष निरौला, लक्ष्मी भुषाल, टिका पहारीलगायतका कलाकारको अभिनय छ ।