हिट्स एफएम म्युजिक अवार्ड सम्पन्न बादलहरुले वर्षको उत्कृस्ट गीत



सेलीब्रेटी नेपाल माघ ६ गते- हिट्स नेपाल प्रालिले हरेक वर्ष गर्दै आएको हिट्स एफएम म्युजिक अवार्ड सम्पन्न भयको छ आधुनिक संगीत तर्फ रजिना रिमाल र नरेन्द्र व्यासी सर्वोकृष्ट गायक गायिकाको अवार्ड जित्न सफल भएका छन । भद्रकालीस्थित आर्मी अफिसर्स क्लवमा सम्पन्न सोर्हौ संस्करणको यो अवार्ड कार्यक्रममा सर्वोत्कृष्ट चलचित्र गीत भक्तराज आचार्य, सर्वोत्कृष्ट यूगल गायन स्वरुपराज आचार्य र अन्जु पन्त, सर्वोत्कृष्ट महिला गायन पप श्रेया सोताङ, सर्वोत्कृष्ट पुरुष गायन पप योगेश्वर अमात्य, र सर्वोत्कृष्ट नव प्रतिभा नभक्रान्तीले पायको छ ।
सर्वोत्कृष्ट लोक गीतबाट राजेश पायल राईले हात हात पारेका छन् भने सर्वोत्कृष्ट लोक गीति संग्रह लोक माला भाग २ का लागि भानु ओली र जुना प्रसाईले पाएक छन् । सर्वोत्कृष्ट पप संगीत सृजना अल्बर्ट गुरुङ, सर्वोत्कृष्ट रक संगीत सृजना मंकि टेम्पल, सर्वोत्कृष्ट रक गायन र सर्वोत्कृष्ट समुह गायन रविन एण्ड द न्यु रेभोल्युशन, सर्वोत्कृष्ट पप-रक गीति संग्रह एड्रियन प्रधानले हात पारेका छन् ।
दीप श्रेष्ठले गाएको बादलहरुले वर्षको उत्कृस्ट गीत सहित तिन अवार्ड आफ्नो पोल्टामा पार्न सफल भयो । यही गीतबाट राजु सिंहले सर्वोत्कृष्ट संगीत सृजनाबाट अवार्ड पाए भने गोपाल रसाइली सर्वोत्कृष्ट संगीत संयोजनको अवार्ड पनि हात पारेका छन् । सर्वोत्कृष्ट रचनाको अवार्ड जमाना खराव छ बाट कृष्ण हरि बरालले पाएका छन् । सर्वोत्कृष्ट गीति संग्रह रिमा गुरुड. होडाको समय संगीत भयोको छ । यस वर्षको लाइफटाइम अचिभमेन्ट अवार्ड संगीतज्ञ चन्द्र राज शर्मालाई प्रधान गरियो ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.