बिएम टिभिमा हेल्लो ब्रो (भिडियो)


काठमाडौं । सलोन सालीना फिल्म्सको ब्यानरमा सिरिज‘हेल्लो ब्रो’निर्माण भएको छ । प्रस्तुत सिरिजको कार्यकारी निर्मातामा अभिनेता सलोन बस्नेत रहेका छन भने बि एम एच डि टेलिभिजन निर्माताको रुपमा रहेको छ । सुरेश न्यौपानेको लेखन तथा निर्देशन रहेको सिरिजमा प्रभात पल ठकुरी, सुमिन गुरुङ,एलिस्टा सुवेदी, सृष्टि तिमिल्सिना,मनीषा ओझा, ओजस्वी थापा सन्तोष गिरी लगाएतको अभिनय छ ।

सुरेश न्यौपानेको कथा, केदार भुषाल र सुमन गुरुङ गजमेरको लेखन, प्रशान्त शिवाकोटीको संगीत, शंकर भुजेल र ज्ञानकुमार कट्टेलको छायांकन, बन्दे प्रसादको सम्पादन, समीर मियाँको भीएफएक्स र कलर, शिशिर खातीको कोरियोग्राफी, आकाश बुठाथोकि सहायक निर्देशन र केमोदिन मियाँको सहायक सम्पादन छ ।

हेल्लो ब्रदर सिरिज साउन ७ गतेबाट बिहिबार ७:०० प्रसारण गर्नेछ साथै सोही दिन राती ७:३० बजे बुढा सुब्बा डिजिटलको आधिकारिक युटुब च्यानलबाट पनि प्रसारण गरिनेछ ।