गौरी र रेखासँगै सुलोचना र रुस्का तिज उत्सबमा सम्मानित


सेलिब्रेटी नेपाल

काठमाडौँ: अभिनेत्री गौरी मल्ल, गायिका रेशा शाहसहित दुईजना बरिष्ट ब्युटिसियन सम्मानित भएका छन् । अभिनेत्री गौरी मल्ललाई चलचित्र कन्यादानमा तीजको रहर आयो बरी लै…गीतमा अभिनय गरेर तीज पर्वलाई अझ संगीतमय तुल्याउनुका साथै नेपाली चलचित्र क्षेत्रमा तीन दशकदेखि निरन्तर योगदान दिएको भन्दै सम्मानित गरिएको छ ।

नेचर इसेन्स र कलर इसेन्स कस्मेटिक कम्पनीले बुधबार काठमाडौंमा आयोजना गरेको तीज उत्सब २०७६ समारोहमा अभिनेत्री गौरी मल्ललाई नेचर इसेन्स र कलर इसेन्स चलचित्र योगदान विशेष सम्मान २०७६ बाट सम्मानित गरिएको छ । नेपालकी प्रथम अभिनेत्री भुवन चन्दले उनलाई आयोजकका तर्फबाट सम्मान प्रदान गरिन् ।

यस्तै सिमसिमे पानीमा… सहित सैयौं गीत गाउनुका साथै आफ्ना तीज गीतमार्फत यो तीज पर्वलाई अझ लोकप्रिय बनाएको भन्दै गायिका रेखा शाहलाई सोही कार्यक्रममा नेचर इसेन्स र कलर इसेन्स गायन योगदान विशेष सम्मान २०७६ बाट सम्मानित गरियो ।

सो समारोहमा नायिका गौरी मल्ल, गायिका रेशा शाह सहित दुई व्युटिसियनलाई आयोजकका तर्फबाट सम्मानित गरियो । दुई दशक भन्दा लामो समयदेखि ब्युटी क्षेत्रमा लागेर हजारौंलाई योगदान दिएको भन्दै रबिना व्युटी पार्लर एन्ड ट्रेनिङ सेन्टर, मिन भवन र पेप्सिकोलाकी अध्यक्ष शुलोचन श्रेष्ठ र आईटिसी (स्कुल अफ ब्युटिसियन) नक्साल र बनेपाकी अध्यक्ष रस्का बैध श्रेष्ठलाई नेचर इसेन्स र कलर इसेन्स ब्युटिसियन योगदान विशेष सम्मान २०७६ बाट सम्मानित गरिएको हो ।

सोही समारोहमा ब्युटिसियनहरु शान्ति श्रेष्ठ, पुनम शाह, मिरा बस्नेत, अमृता विश्वकर्मा र गीता गुरुङलाई वर्षको उत्कृष्ट व्युटिसियन अवार्ड, सुमन गौतम, हरि भेटवाल र अजय मानपतिलाई वर्ष उत्कृष्ट नेचर इसेन्स, कलर इसेन्ट वितरक अवार्ड तथा सुदर्शन केसी, बिदुर आचार्य र सागर जिसी वर्षको उत्कृष्ट बिक्रेता अवार्ड प्रदान गरियो ।

यी महिलाहरुले आ आफ्नो क्षेत्रमा उल्लेख्य योगदान दिएका कारण यस पटक नेचर इसेन्स कलर इसेन्स तिज उत्सब आयोजना गरिएको कलर इसेन्सका कन्ट्रि निर्देशक रमेश उप्रेतीले बताए । यो कार्यक्रम एमएमके इन्टरप्राईजेजका सञ्चालक विश्व केसीको सभापतित्वमा सम्पन्न भएको हो ।