किशोरीले एक महिना फिल्म पढे दुई हप्तामा फिल्म बनाए



काठमाडौँ। एक महिना सिकाइ अनि दुई हप्तामा फिल्म । क्यामरा र फिल्ममेकिङको ‘फ’सँगपनि परिचित नभएका किशोरीले छोटो समयमै फिल्म बनाएर देखाउलान् भन्ने पत्याउनगाह्रै पर्छ । तर, किपालय प्रडक्सनले प्लान इन्टरनेसनलको ‘गल्र्स गेट इक्वेल’अभियानअन्तर्गत रहेर गरेकोे फिल्ममेकिङ कार्यशालामा भाग लिएका १० किशोरीले एक महिना सिकेकै भरमा फिल्मबनाएर देखाए । एक महिना सिकेका उनीहरूले बाँकी दुई हप्तामा तयार गरेका फिल्म नै देखाए । शुक्रबार नेपाल चलचित्र विकास बोर्डको हलमा उनीहरूले बनाएका फिल्म हेर्दा सिकारु हैन अनुभवी फिल्म मेकिङको झलक देख्न सकिन्थ्यो ।

शुक्रबार १० जनाकिशोरीले एक महिने फिल्म मेकिङ कार्यशालाअन्तर्गत बनाएका ५ फिल्मको प्रदर्शन गरिएको थियो । ‘वुमनमेकफिल्मस्’ शीर्षकमा गरिएको यो तालिमलाई अस्कर इन्टरनेसनलकलेज र चलचित्रविकासबोर्डले पनि सघाएका थिए । ५ फिल्मकोे लम्बाई औसतमा ५ मिनेट थियो नेपाली फिल्महरूमा महिलाको चरित्र चित्रण अस्वभाविक र यथास्थितिवादी रहेको टिप्पणी हुने गरेको छ । महिला सम्बन्धिथुप्रै ‘स्टेरियोटाइप’ चिर्न र फिल्मनिर्माणमा महिलाको संख्या बढाउने उद्देश्यले कार्यशाला गरेको आयोजककिपालयको धारणा थियो ।

किपालयकीप्रोजेक्ट हेड आश्मापोखरेलले कार्यशालाकालागि देशभरबाट आवेदनमागिएको यसरी आएकाआवेदनबाट १० जनालाई छनोट गरी कार्यशालामा सहभागी गराइएको जानकारी गराइन् । सुरुमाकार्यशालाभौतिक रुपमै काठमाडौ र चित्लाङ गरी दुई ठाउँमा गर्ने योजना रहे पनिमहामारीको दोस्रो लहर आएसँगै कार्यशालामा भर्चुअल रुपमा सम्पन्न गरिएको थियो । कार्यशालाकाप्रोजेक्ट कोअर्डिनेटर नवविजयश्रेष्ठले सैद्धान्तिक र प्रायोगिकदुवै विधिको प्रयोग गरी किशोरीलाई फिल्ममेकिङमादीक्षित गर्ने प्रयास गरेको जनाए

‘एक महिनालामो तालिममा१८ देखि २४ वर्षसम्मकाकिशोरीले नेपाली समाजको बनावटमाथि रचनात्मकप्रश्नगर्ने शिल्पसिके । यीपाँचचलचित्रको प्रदर्शनले यो महिलाचलचित्रकर्मीलाई आफ्नो क्षमता देखाउन राम्रो मञ्ंच प्रदान गर्नुका साथै आत्मविश्वासीबनाएको महसुस गरेका छौँ,’ नवविजयले भने । यसैगरी प्लान नेपालकीअभियानविशेषज्ञ सृजनाबज्रचार्यले छोटो समयमै किशोरीहरूले उत्कृष्ट फिल्मबनाउन सफलभएकोमा खुशीलागेको बताइन् । ‘यति छोटो तालिमको भरमा यति राम्राबन्लान् भन्ने सोचेको थिइँन तर उनीहरूले उत्कृष्ट फिल्मबनाएका छन्,’ उनको भनाइथियो ।

एक महिने कार्यशाला साउन ३ देखि भदौ ३ सम्म चलेको थियो । कार्यशालामाआश्रुती त्रिपाठी, प्राधान्या योञ्जन, एन्जला चौधरी, पुष्पा जोशी, पूर्णिमा महर्जन, अम्बिका भण्डारी, अस्मितालावती, श्रीषाकुँवर, मीरा खड्का र ज्योति बेलबासे सहभागीभएकाथिए । १० जनाले ५ समूहमाविभक्तभई बनाएका फिल्ममा उनीहरूले ५ फरक महिलाको जिन्दगीलाई फिल्ममा समावेश गरेका थिए । यसरी बनेका सबै फिल्म डकुमेन्ट्री हुन् । यौनकर्मीको कथामाफिल्मबनाएकीपुष्पा जोशीले कार्यशालाले आफूलाई फिल्मबनाउने कलामात्रनसिकाएर महिलाका मुद्दालाई लेन्सको आँखाले कसरी हेर्न सकिन्छ भन्ने पनि ज्ञान दिएको बताइन् ।

उनले भनिन्, ‘ यो तालिमले मलाई चलचित्रनिर्माणसम्बन्धी प्रविधिक ज्ञान त दियो नै साथै महिलालाई बुझ्ने र यसलाई प्रविधिका माध्यमबाट अभिव्यक्त गर्ने कौशलसिकाएको छ । भविष्यमा म अझै धेरै डकुमेन्ट्री चलचित्रबनाउने छु फिल्ममापितृसत्ताको वर्चस्वलाई थोरै भएपनिचुनौतीदिने प्रयास गर्नेछु ।’
१ महिने कार्यशालामाउनीहरूलाई राजन कठेत, रजिलाश्रेष्ठ, बबिनदुलाललगायतले प्रशिक्षण दिएकाथिए । किशोरीलाई प्रशिक्षण दिएका राजन कठेतले कार्यशालाले फिल्मबनाउने सिपसँगै किशोरीमा समाजसँग घुलमिल हुने गुणको पनिविकास गराएको धारणा राखे ।