दीप श्रेष्ठलाई संगीतकार संघको २ लाख सहयोग



काठमाडौं। कोभिड १९ पोजेटिभ भएर लामो समय अस्पताल बसेर घर फर्किएका गायक दीप श्रेष्ठलाई संगीतकार संघले २ लाख सहयोग गर्ने निर्णय गरेको छ । संघले संगीतकार कल्याणकर्मी कोषबाट यो रकम प्रदान गर्ने निर्णय गरेको हो ।

संघका अध्यक्ष पारस मुकारुङले दीप श्रेष्ठको नाममा काटिएको चेक फेसबुकमा राख्दै यो जानकारी गराएका हुन् । दीप श्रेष्ठले दुई हप्ता ह्याम्स अस्पतालमा बिताएका थिए ।थुप्रै कालजयी गीतमा आवाज दिएका श्रेष्ठ पछिल्लो समय भने भ्वाइस अफ नेपालमा कोच रहेका छन् । म त दुर देखि आएँ,हर रात सपनीमा,मेरो आँखामा,कति कमजोर रहेछु जस्ता थुप्रै गीतमा श्रेष्ठले स्वर दिएका छन्।